पश्चिम नेपालमा भोलि पानी पर्ने

काठमाडौं। पश्चिम नेपालमा पुनः मौसम सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति प्रदेश एक सँगै बागमती प्रदेशमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ।

यस्तै अन्य प्रदेशमा आंशिक देख सामान्य बदली हुँदा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि मंगलबार लुम्बिनी प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार भने बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकाले पूर्व क्षेत्र हुँदै पश्चिम तर्फ वर्षा भइरहेको मौसम विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया