तानसेन। नेकपा माओवादी (केन्द्र) पाल्पाको जिल्ला संयोजकमा राजेन्द्र विश्वकर्मा चयन भएका छन् । माओवादी केन्द्रको लुम्बिनी प्रदेश स्तरीय बैंठकले विश्वकर्मालाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।
जिल्ला कमिटीको तर्फबाट सिफरिस भएका विश्वकर्मालाई पार्टीले सर्वसम्वत रुपमा संयोजकको जिम्मेवारी प्रदान गरेको हो । जिल्ला संयोजकको जिम्मेवारी पाएसंगै पार्टीको संगठनात्म विकास र विस्तारमा लागि पर्ने विश्वकर्माले बताए ।
उनले नयाँधारसंग भने -“अहिले माओबादी पार्टी विभाजन भएकोको अवस्थामा रहेको छ, विभाजनमा रहेका शक्तिलाई एकै स्थानमा ल्याउने, कार्यकर्ता व्यवस्थापन गर्ने तथा संगठनको गतिविधि सुस्त भएको हुँदा अब संगठनलाई चलायमान बनाउन लागि पर्नेछु।”
उनले पाल्पाली जनता र कार्यकर्तालाई गोलबन्द गरि माओवादी आन्दोलनलाई शसक्त रुपमा अगाडि बढाई जनताको जीवनस्तर र समाज रुपान्तरण गर्ने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
माओवादी केन्द्रको यसअघि जिल्ला संयोजकको जिम्मेवारी नेत्रप्रसाद पाण्डेयले सम्हालेका थिए ।