तोलामा ६ सयले बढ्यो सुनको मूल्य

काठमाडाैं।नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ४०० रुपैयाँ निर्धारण भएको हाे।

यसअघि, सोमबार छापावाल सुन तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य प्रतितोलाको ९५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ कायम रहेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको