पाल्पामा ट्रकबाट खसेर एक युवकको मृत्यु

तानसेन। पाल्पास्थित सिद्धार्थ रागमागउमा ट्रकबाट खसेर एक जनाको युवकको मृत्यु भएको छ । मृत्युु हुनेमा तानसेन नगरपालिका वडा नं. ८ जरेपिपलका २५ वर्षीय बिक्रम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

गएराति आफ्नै जन्मदिन मनाएर घर फर्किने क्रममा मदिरा सेवन गरेका श्रेष्ठलाई बुटवलबाट पाल्पातर्फ आउँदै गरेको ग २ ख १०१५ नं. को ट्रकमा चड्न खोज्दा लडेर घाइते भएपष्छि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मदिरा सेवन गरी सडकको बिचमा सुतिरहेको अवस्थामा उनीसंगै रहेका साथिहरुले ट्रकलाई बाटो नछाडेपछि ट्रक चालक र सहचालकसंग भनाभन भई ट्रकबाट खसेको बताइएको छ ।

मृतकका आफन्तले भने ट्रकले ठक्कर दिएर मृत्यु भएको बताएका छन् । ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता गौतम बोहोराले जानकारी दिए।

तपाईको प्रतिक्रिया