भगवतीको रथयात्रा निकालियो

तानसेन। नेपाल अग्रेज युद्धमा नेपाली सेनाले विजय हासिल गरेको सम्झनामा पाल्पास्थित रणउजेश्वरी भगवतीको सिन्दुर यात्रा निकालिएको छ । गोर्खाली पौजको मकाण्ड गरेका तत्कालित पाल्पाली कर्नेल उजीरसिंह थापाको कमाण्डले युद्ध जितेको अवसरमा दुई सय वर्ष अघिदेखि हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने पर्व यो वर्ष पनि हसोल्लासका साथ मनाइएको हो ।

रणउजीरेश्वरी भगवतीसंग भाकल गरी विजयी भएमा हरेक वर्ष मन्दिरबाट सिन्दुरजात्रा निकाल्ने प्रतिबधता गरेको र सोही अनुसार विजयी भएपछि भाकलानुसार सिन्दुर यात्रा निकाल्न थालिएको थियो ।

यो वर्ष पनि कोरोना महामारी सुरु भएयता श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी,भजनकिर्तन गरेर तानसेनका विभिन्न चोकहरुमा भक्तजनहरुको बाक्लो उपस्थितीमा रथयात्रा निकालिएको हो ।

सम्पूर्ण नेपालीको गौरव र एैतिहासिक दिनका रुपमा मनाइने यो उत्सवमा जिल्लासंगै छिमेकी जिल्लाहरुबाट पनि भगवतीको दर्शन गर्ने र रथयात्रामा सहभागि हुन आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer