पाल्पामा छोराले चिर्पटले हान्दा बाबुको मृत्यु

तानसेन। पाल्पामा किशोरले चिर्पट दाउराले हानेर आफ्नै बाबुको हत्या गरेका छन् । माथागढी गाउँपालिका वडा नं ४ नेटामा सामान्य घरयासी झगडामा चिर्पट दाउराले प्रहार गर्दा ४५वर्षीय तिलबहादुर दिशाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घरायसी झगडाका क्रममा १४ वर्षीय छोराले एक्कासी घर नजिकै रहेको चिर्पट दाउराले बाबुको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटना भएलगत्तै माथा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले ती किशोरलाई पक्राउ गरी अनुसन्धान गरेको पाल्पाका प्रहरी प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer