तानसेन। पाल्पास्थित तानसेन नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले सय दिनमा हाशिल गरेको उपलब्धी सार्वजनिक गरेका हुन् ।
नगरपालिकाको विकास र नगरवासीको हकहीत र सुविधाहरुका बारेमा चिन्तनशील भए जनउदै नगर प्रमुख शन्तोषलाल श्रेष्ठले सय दिनको प्रगति सार्वजनिक गरेको जनाए ।
प्रमुख श्रेष्ठका अनुसार नगरपालिकाले यो अवधिमा १ नगरसभा र ९ वटा नगरकार्यपालिकाको बैठक सम्पन्न गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम आर्थिक, सामाजिक, पुर्वाधार विकास, विपद व्यवस्थापन, विद्यायन सार्वजनिक सेवा तथा क्षमता विकास र लेखा समितिहरु गठन गरेको जनाएको छ। यस्तै कार्य सम्पादनका लागि विभिन्न ऐन, विनियम र कार्यविधिमा उल्लेख भए अनुसार ४१ वटा समिति तथा उपसमितिहरु गठन गरि कार्यसम्पादन अगाडी बढाइएको जनाएको छ ।
यस्तै चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसर १ अर्ब, ३९ करोड १८ लाख ९३ हजार ५४ बराबरको बजेट अनुमोदन गरेको जनाएको छ यसका अलावा अपाङ्गता कार्ड भएका व्यक्तिहरुलाई मासिक रु ५००रुपैंया भत्ता उपलब्ध गराउने र न्युनतम २० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको शुल्क नगरपालिकाबाट भुक्तानी गरिदिने जस्ता व्यवस्था गरेको जनाएको छ ।
यस्तै समुदायस्तरबाट सञ्चालित लघु प्रकृतिका लिफ्ट खानेपानी आयोजनामा खपत हुने विद्युत महशुलमा २५ प्रतिशत अनुदान दिने, पछाडि परेका जाति वर्ग, अल्पसंख्यक र दलित समुदायको र ६० वर्ष नाघेका अविवाहित र एकल जीवनयापन गरेका पुरुषहरुलाई निःशुल्क स्वास्थय बीमा, छोरी शिक्षा कार्यक्रम, दूग्ध उत्पादनमा बजारीकरण गर्नका लागि किसानलई प्रोत्साहन स्वरुप प्रतिलिटर रु २ रुपिया अनुदान दिने व्यवस्था जस्ता काम गरेको जनाएको छ ।
यस्तै सडक पूर्वाधार निर्माण, बसपार्क निर्माणलयागतका कामको पहिलो चरणको तयारी समेत नगरपालिकाले गरेको तानसेन नगरपालिकाले जनाएको छ ।