
तानसेन। गएराति वर्षासंगै पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड एकतर्फी रुपमा संचालनमा आएको छ । सडक डिभिजन कार्यालय पाल्पा दिएको जानकारी अनुसार पहिरो पन्छाएर एकतर्फी रुपमा सवारी आवागमन सुरु भएको हो ।
वर्षासंगै लदो र डुंगा खसेपछि रातिदेखि अवरुद्ध सडक बिहानैदेखि पहिरो पन्छाएर खोलिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिए ।
उक्त राजमार्गको तिनाउ गाउँपालिकाको वडा नं. ३ स्थित झुम्सा र हेडबक्स नजिकै खसेको पहिरो पन्छाएर सवारी आवागमन भएको दोभान प्रहरी चौकीले जनाएको छ । केहीबेर मात्रै सवारी राेकिएकाे र हाल सवै सवारी संचालनमा रहेकाे पनि प्रहरीले जनाएकाे छ।