काठमाडाैं।नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएसंगै  मूल्य  बढाएकाे निगमले जनाएकाे छ।

निगमले सार्वजनिक गरेको  नयाँ सूची अनुसार  बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढेको हाे  । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ ।  यसैबीच पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

हेर्नुहाेस निगमले सार्वजनिक गरेकाे नयाँ सूची

तपाईको प्रतिक्रिया