
तानसेन। निरन्तरको वर्षाका कारण मुख्य सडक भासिएको सिद्धार्थ राजमार्गको हिउँदे खोलामा रातिको समयमा नयाँ डाइभर्सन निर्माण भएपनि सवारी संचालन हुन सकेको छैन् ।
सडक डिभिजिन पाल्पाले गएराति नयाँ डाइभर्सन निर्माण गरेपनि रातिदेखि पुनः पानी परेका कारण सवारी संचालनमा समस्या भएको हो ।
गएराति पौने दश बजेबाट नयाँ डाइभर्सन निर्माण गरिएको र निर्माण सम्पन्न हुनासाथ पानी परेका कारण दुई ठाउँमा पहिरो खसेको हुँदा सवारी संचालन हुन नसकेको हो ।
यस्तै नयाँ खोलिएको सडक समेत हिलाम्मले भएको हुँदा ग्राभेल नगर्दासम्म सवारी पास गर्न नसकिने अवस्था रहेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताए। ।
उक्त राजमार्गमा बिहीबार दिउँसो करिव ६० मिटर सडक पूर्ण रुपमा भासिएको थियो । सडकमा देखिएको समस्याका कारण यात्रुहरु भने अलपत्र परेका छन् ।
अहिले निरन्नतर पानी परेकाे हुँदा पानी रोकिएपछि मात्रै सवारी संचालन गर्नेगरी काम गरिने पनि सडक डिभिजन पाल्पाले जनाएको छ ।