सिद्धार्थ राजमार्गमा नयाँ डाइभर्सन बन्यो, वर्षासंगै पुनः पहिरो खसेपछि सवारी संचालनमा समस्या

तानसेन। निरन्तरको वर्षाका कारण मुख्य सडक भासिएको सिद्धार्थ राजमार्गको हिउँदे खोलामा रातिको समयमा नयाँ डाइभर्सन निर्माण भएपनि सवारी संचालन हुन सकेको छैन् ।

सडक डिभिजिन पाल्पाले गएराति नयाँ डाइभर्सन निर्माण गरेपनि रातिदेखि पुनः पानी परेका कारण सवारी संचालनमा समस्या भएको हो ।

गएराति पौने दश बजेबाट नयाँ डाइभर्सन निर्माण गरिएको र निर्माण सम्पन्न हुनासाथ पानी परेका कारण दुई ठाउँमा पहिरो खसेको हुँदा सवारी संचालन हुन नसकेको हो ।

यस्तै नयाँ खोलिएको सडक समेत हिलाम्मले भएको हुँदा ग्राभेल नगर्दासम्म सवारी पास गर्न नसकिने अवस्था रहेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताए। ।

उक्त राजमार्गमा बिहीबार दिउँसो करिव ६० मिटर सडक पूर्ण रुपमा भासिएको थियो । सडकमा देखिएको समस्याका कारण यात्रुहरु भने अलपत्र परेका छन् ।

अहिले निरन्नतर पानी परेकाे हुँदा पानी रोकिएपछि मात्रै सवारी संचालन गर्नेगरी काम गरिने पनि सडक डिभिजन पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया