
पाल्पा। बिहीबार दिउसोदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक एकतर्फी खुलेको छ। पहिरो पन्छाएर हालका लागि एकतर्फी सवारी पास गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।
बिहानैदेखि पानी परेका कारण डाइभर्सन समेत बगाएर सडक संचालनमा समस्या भएकोमा हाल रोकिएका सवारी पास गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।
पुनः पानी परेमा पहिरो खस्ने जोखिमका कारण हाल हिलाम्मे सडकमा ग्राभेल राख्ने काम सुरु भएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताए ।
हाल सवारी पास भए पनि पहिरो खस्ने जोखिम भएका कारण अत्यावश्यक काम बाहेक यात्रा नगर्न पनि सडक डिभिजनले अनुरोध गरेको छ ।