पाल्पा। नेकपा माओवादी (केन्द्र) पाल्पा निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम टुंगाएको छ ।

माओवादी केन्द्रले पाल्पा निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा केन्द्रीय सदस्य अनिल किशोर घिमिरे र काेशल न्याैपाने काे नाम सिफारिस गरेको जनाएको छ ।

पछिल्लाे वर्षमा पाल्पामा माओवादी केन्द्रले तीन स्थानीय तहमा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । सत्ता साझेदार दलहरूकाे भागबण्डाका अाधारमा गठबन्दन दलमा पाल्पामा माअाेवादी दाेस्राे शक्ति हाे साेही अनुसार सिट बाडफाड हुने बताइएकाे छ ।

तपाईको प्रतिक्रिया