पाल्पा । नेकपा (माओवादी केन्द्र) पाल्पा निर्वाचन क्षेत्र २(ख) मा प्रदेशसभा निर्वाचनका उम्मेदवारको नाम सिफारिस गरेको छ ।

नेकपा (माओवादी केन्द्र) पाल्पाले निर्वाचन क्षेत्र २(ख) शुक्रबार बसेको बैठकले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम टुंगाएको हो ।

केन्द्रकाे बैठकले नेकपा माओवादी पाल्पाका जिल्ला इन्चार्ज तुलाराम घर्ति मगर(बसन्त) जिल्ला अध्यक्ष राजेन्द्र विश्वकर्मा र निर्वाचन आयोगका सदस्य चक्रब्यू थापा, पुरन केसी र पूर्व जिल्ला इन्चार्ज नेत्रप्रसाद पाण्डेयलाइ प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी सिफारिस गरेको हो ।

नेकपा माओवादी केन्द्र २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट प्रदेशसभा सदस्य जितेको थियो । माओवादी केन्द्रको रैनादेवी छहरा, रिब्दीकोट र तिनाउ गाउँपालिका जनलहर भएको क्षेत्र हो ।

नेकपा माओवादी केन्द्रले हाले सम्पन्न स्थानीय तहको निर्वाचनमा रिब्दीकोट गाउँपालिका अध्यक्ष र रैनादेवी छहरामा उपाध्यक्ष जितेको थियो ।

तपाईको प्रतिक्रिया