कांग्रेस पाल्पाबाट संघ र प्रदेशका उम्मेदवारकाे सिफारिस

तानसेन। नेपाली कांग्रेस पाल्पाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस गरेको छ ।  दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेका लागि नामावली टुंगो लगाएको हो ।

जस अनुसार प्रतिनिधिसभामा क्षेत्र नं.१ मा प्रत्यक्षतर्फ ज्ञानबहादुर गाहा, दानबहादुर पछाई, कल्प पौडेल र सन्दीप रानालाई सिफारिस गरिएको कांग्रेस पाल्पाले जनाएको छ ।

यस्तै क्षेत्र नं. २ मा वीरबहादुर राना, हरिप्रसाद नेपाल र डा. चिरञ्जीवी नेपाललाई पार्टीले सिफारिस गरेको छ ।
यसैगरी प्रतिनिधिसभा समानुपातिकमा क्षेत्र नं. १ मा सन्दीप राना, विष्णुमाया ढकाल र विजयराज घिमिरेलाई सिफारिस गरेको छ भने प्रदेश २ मा राजनप्रसाद पन्त, विधान श्रेष्ठ, लालकुमारी राना, महेश्वरी कुवंर, शोभा शाक्य, सीता नेपाल र जमिल मियालाई सिफरिस गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रदेशसभातर्फ पाल्पा क्षेत्र नं. १ (क) प्रत्यक्षमा श्यामकान्त खनाल र समानुपातिकतर्फ अर्जुन विक, देवराज ढकाल, हजिलदिन मियाँ, बोमबहादुर थापा र विष्णुदेवी घिमिरे आचार्यलाई सिफारिस गरेको छ । यस्तै क्षेत्र नं १ (ख) मा प्रत्यक्षतर्फ ऋषिराम अर्याल र शङ्कर खनाललाई सिफारिस गरेको छ भने समानुपातिकतर्फ तारा रसाइली, युवराज पौडेल र भरत सराइलीलाई सिफारिस गरिएको नेपाली कांग्रेस पालपाका उप-सभापति झपेन्द्र गहिरेले जानकारी दिए ।

यस्तै प्रदेशसभाको क्षेत्र नंं २(क) मा प्रत्यक्षतर्फ कृष्णप्रसाद बस्याल, विधानप्रसाद श्रेष्ठ, माधवप्रसाद नेपाल, शान्ता बोहोरा र कृष्णबहादुर आलेलाई सिफारिस गरेको जनाएको छ । यस्तै क्षेत्र नंं २ (ख) मा प्रत्यक्षतर्फ रामबहादुर कार्की (पूर्व डिआइजी), रामबहादुर कार्की (पूर्व पालिका अध्यक्ष) र महेन्द्रप्रसाद पाण्डेलाई सिफारिस गरिएको छ ।

यसैगरी प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नंं २ (क) बाट १४ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । त्यसमा अजयमान कर्माचार्य, कृष्णबहादुर राना, गङ्गा पौडेल कोइराला, झपेन्द्र गहिरे, धनकला गाहा, बसन्ती घिमिरे, विष्णुबहादुर गाहा, मीना पन्थी, यमलाल तिमिल्सिना, रमा पन्त, राजेन्द्रगोपाल सिं, राधेश्याम ज्ञवाली, शान्ति झेडी थापा र सुनिल बुढाथोकी रहेका छन् ।

क्षेत्र नं. २ (ख) को समानुपातिकतर्फ नलबहादुर राना, दानबहादुर गाहा, तेजकुमारी थापा, विनु दमाई गौतम, सुरेश पौडेल, माधवबहादुर थापा र खड्गबहादुर थापालाई सिफारिस गरिएको छ ।

सिफरिस सबैको नाम प्रदेश समितिमा पठाउने र प्रदेश समितिले केन्द्रीय समितिलाई  नामावली पठाउने छ । सोही आधारमा केन्द्रीय कमिटीले उम्मेदवारको अन्तिम नामावलीको टुङ्गो लगाउने कांग्रेस पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया