तानसेन। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धदन दलका नेताहरुका कारण राष्ट्रिय राजनीति नै बन्धक जस्तो भएको बताएका छन् । उनले गठबन्धनका नाममा चुवाव लड्नु नै लोकतन्त्रका हिसावले उनुचित भएको पनि बताए ।
प्रेस चौतारी नेपाल पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता ज्ञवालीले सत्ता र सिटका लागि गठबन्धन गरेको एक महिनादेखि बिना निस्कर्षको बैठकले देशको राजनीति नै अन्यौलमा परेको बताए ।
उनले जनताले पार्टीहरुले प्रस्तुत गरेका घोषणा पत्र र विचारका आधारमा नेता छनोट गर्नुपर्ने व्यवस्था पनि धरापमा परेको नेता बताए । नेता ज्ञवालीले नेपालमा आगामी निर्वाचनपछि देशको नेतृत्व कस्ले गर्छ भन्ने सुनिश्चिता नरहेको हुँदा देश कुन कार्यदेशामा जान्छ भन्ने नै अन्यौल रहेको पनि बताए ।
सत्ता गठबन्धनका नेताहरुले सत्ता र सिटका लागि मात्र जोड दिएको हुँदा नेपालमा आगामी निर्वाचनपछि देशको नेतृत्व कस्ले गर्छ भन्ने सुनिश्चिता नरहेको बताउँदै नेता ज्ञवालीले देश कुन कार्यदेशमा जान्छ भन्ने नै अन्यौल रहेको बताए । नेता ज्ञवालीले कम्युनिष्ट पार्टी एकता हुनु पर्नेमा गठबन्धन गरेर देश अस्थिरता जाने आरोप पनि लगाएका छन् ।
यस्तै नेता ज्ञवालीले निर्वाचन घोषणापछि पनि सदनबाट महत्वपूर्ण निर्णयहरु हुनु गलत भएको बताएका छन् । उनले गठबन्धनका नाममा निर्वाचनमा जानु लोकतन्त्रका हिसाबले अनुचित रहेको पनि बताएका छन् । उनले भने जुन दिन निर्वाचनको मिति घोषणा हुन्छ त्यहीबाट प्रतिनिधिसभाको कार्यकाल सकिनुपर्ने हो ।
निर्वाचनको मिति घोषणापछि पनि संसदलाई चलाइराख्नु भनेको सांसदहरुलाई अलोकप्रिय बनाउने र संसदीय व्यवस्थाप्रति नै वितृष्णा बढाउनु भएको नो ज्ञवालीले बताए । सरकारले अहिले पनि संसद चलाइराख्दा सांसदहरु अन्ततिम अवस्थासम्म पनि सुविधाहरु लिन लालायित छन् भन्ने सन्देश दिन खोजेको नेता ज्ञवालीको भनाई छ ।
अब पनि प्रतिनिधिसभाको समय बढाउनु राजनीतिक हिसाबले गलत रहेको हुँदा स्वस्थ प्रतिस्पर्धा नभएको र यो गलत नियतले गरिएको कार्य भएको बताए । उनले सरकारले अब सिमित अधिकारसहित काम गर्नुपर्ने बताए ।
उनले यो निर्वाचन राज्यको नेतृत्व र भागबण्डा, अस्वास्थ्य प्रतिस्पर्धामा गर्ने शक्ती र समृद्ध नेपाल र सुखी नेपाली समपना साहकार गर्ने शक्तिबीच हुने हुँदा नेपाली जनताले न्याए गर्ने हुँदा नेकपा एमाले नेपालको मुख्य शक्ति हुने बताए । नेपाली जनताले एमालले चलाएको अभियानका साथ दिने पनि अपेक्षा गरेका छन् ।
कुनै एउटा क्षेत्रमा र कुनै निर्वाचन क्षेत्रमा सहकार्य गरे पनि देशव्यापी गठबन्धन एमालले निर्वाचनमा जनाने पनि नेता ज्ञवालीले बताउदै आफ्नो खुट्टामा उभिएर चुनाव लड्ने पनि उनले दावी गरे ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्ः