तानसेन। नेकपा एमाले पाल्पाले पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुर गैरेलाई एकल सिफारिस गरेको छ।
आइतबार तानसेनमा बसेका एमाले पाल्पा क्षेत्र नम्बर २ को बैठकले युवा नेता गैरेको नाम उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो।
एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पा २ मा यसपटक युवा नेता गैरेको नाम सर्वसम्मत भएको बताए । लामो समय विद्यार्थी राजनीति गरेका गैरे पहिलो पटक प्रत्यक्षमा प्रतिनिधिसभामा निर्वाचन लड्ने तयारीमा जुटेका हुन् ।
गेरै विद्यार्थी राजनीतिमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष, पार्टीमा केन्द्रीय सदस्य हुँदै अहिले पोलिटब्युरो सदस्य तथा पाल्पा इन्चार्ज समेत रहेका छन् ।