
तानसेन। नेकपा (माओवादी केन्द्र) ले आगामी निर्वाचनमा पाल्पाबाट प्रतिनिधिसभा र प्रदेशसभाका सबै उम्मेदवारको टुंगो लगाएको छ । सोमबार तानसेनमा बसेको जिल्ला समन्वय समितिको बैठकले सबै उम्मेदवारको नामावली तयार गरि सिफारिस गरेको हो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेका अनुसार प्रदेशसभा तर्फ १ (क) बाट प्रत्यक्षमा कमल भट्टराई प्रदेश १ (ख) बाट दिनेश अर्याल, हुमबहादुर सुनारी प्रदेश नं. २ (क) बाट नेत्रप्रसाद पाण्डे तथा २ (ख) बाट तुलाराम घर्ति (बसन्त) जिल्ला संयोजक राजेन्द्र विश्वकर्मा चक्रब्यू थापा, पुरन केसी, र मेघराज आचार्यको नाम सिफारिस गरेको छ ।
यस्तै प्रदेशसभाको समानुपातिकतर्फ एकमुष्ट गीता विश्वकर्मा, खुमबहादुर बिक, जानुका घर्ति, केयरसिङ राना, सान्ता शारु, पदम सोमै, राजेश श्रेष्ठ, हेमराज अर्याल पिताम्बर भट्टराई, हाजिरा खातुन, नवीन ओली, लक्ष्मी ढकाल र धनेन्द्रराज घिमिरे, लोकनाथ गौतम, नुना दिश्वा, जगत सुनारीको नाम सिफारिस गरेको केन्द्रिय सदस्य घिमिरेले बताए ।
यस्तै प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट लिला सोमै र क्षेत्र नं. २ बाट युवा नेता अनिलकिशोर घिमिरेको नाम सिफारिस गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
यस्तै प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ दलबहादुर राना, पार्बती बिक, केशब पौडेल, हिरा थापा, बलु गैरे, अर्जुन कुमार श्रेष्ठ, र तुलसा रानाको नाम सिफारिस गरेको माओवादी केन्द्रले जनाएको छ ।