
तानसेन। पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. ७ मा कृषि सञ्जाल गठन भएको छ। सोमबार एक कार्यक्रमका बीच सञ्जालको गठन भएको हो । स्थानीय स्तरमा कृषकहरुलाई सहजीकरण गर्नक लागि सञ्जालको गठन गरिएको हो ।
यसअघिका वडा सदस्यको संयोजक नाममा रहको सञ्जालको कार्यकाल सकिएपछि नयाँ समिति गठन भएको हो । पूर्व सम्योजक प्रेम बहादुर मिधुनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य कोसलराज खरालले नव गठित समितिले गाउँको टोलटोलमा कृषकका लागि काम गर्ने बताए।
उनले स्थानीय कृषकलाई ज्ञान बाड्न र सहयोग गर्न सञ्जालले महत्वपूर्ण भूमिका खेल्नुपर्ने पनि बताए । यसैबीच डोलबहादुर गाहाको संयोजकत्वमा १५ सदस्यीय नयाँ समिती गठन गरिएको छ भने जस्को संयोजक वडा सदस्य मिठ्ठु बि क रहेका छन् ।
गाउँपालिकाकी कृषि प्राविधिक विष्णु पौडेलको संचालनमा भएको कार्यक्रममा टोल विकास समितिका पधादिकारीका साथै स्थानीय कृषकको सहभागिता रहेको थियो ।