
तानसेन। पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको जन्तेढुंङ्गा ३ घर भई हाल तानसेन नगरपालिका वडा नं. १ गैरागाउँ बस्ने ३४ वर्षीय महेश राइ रहेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान तानसेन ४ सिलखानल टोलमा झविन्द्र देवकोटाको घर बनाउने क्रममा करेन्ट लागेका राईको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार प्रहरी अनुसन्धान अधिकृतसहितको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।