
तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिका अन्तर्गत खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकिमार्फत स्वास्थ्य परीक्षण सेवा उपलब्ध हुने भएको छ ।
पालिकाले लुम्बिनी मेडिकल कलेजसंग सम्झौता गरेर हरेक १५।१५ दिनमा विशेषज्ञ चिकित्सकमार्फत सेवा दिन लागेको हो । पालिका अध्यक्ष नारायण बहादुर कार्कीका अनुसार नागरिकलाई नजिकको सरकारबाट सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप सेवा उपलब्ध गराउन लागिएको हो ।
संघीय शासन व्यवस्थाको मर्म अनुरुप स्वस्थ जीवनयापन गर्न पाउने नागरिकको मौलिक अधिकारको सुनिश्चितताका लागि महिनाको दुई पटक विशेषज्ञ चिकित्सकमार्फत स्वास्थय परीक्षण र परामर्शको व्यवस्था गरिएको अध्यक्ष कार्कीले बताए ।
गाउँपालिकाको चालु आर्थिक वर्षको एकीकृत स्वास्थ्य कार्यक्रम अन्तर्गत यही भाद्र २३ गते जनरल फिजिसियन डाक्टरमार्फत सेवा उपलब्ध हुनेछ । मेडिक कलेजसंग भएको सम्झौता अनुसार १५।१५ दिनमा विशेषज्ञसहितको टोलीले सेवा संचालनमा छ ।
हाल भएको सम्झौता अनुसार १५ दिनको फरकमा ९ पटकसम्म विशेषज्ञसहितको स्वास्थयकर्मीले स्वास्थ्य सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । यो सम्झौताको मिति पुष मसान्तसम्म रहने छ।
हेर्नुहोस कुन महिना कुन रोगका विशेषज्ञ आउँदैछन्ः