निजामती सेवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

तानसेन। पाल्पामा निजामती सेवा दिवस २०७९ को अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्रको आयोजनामा जिल्ला प्रशासन कर्यालयलको सभाहलमा ”सङ्घीय निजामती सेवा ऐनको आवश्यकता र औचित्य” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा विभिन्न कार्यालयका ९ जना कर्मचारीले सहभागिता जनाएका थिए । प्रतियोगितामा जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारीको संयोजकत्वमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख महेन्द्र सुवेदी र जिल्ला अदालका श्रेतेदार दुर्गा बस्यालले निर्णयकको भुमिका निर्वाह गरेका  थिए । जस अनुसार प्रतियोगितमा जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायिधवक्ता लोकमणी पाण्डे प्रथम, बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्ती द्वितीय र बगनासकाली गाउँपालिकाकै सहायक पाचाै तहका कमर्चारी  हरिहर गैरे तृतीय हुन सफल भएको कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष दिपक भट्टराईले जानकारी दिए ।

यसैबीच जिल्ला अदालत पाल्पाका न्यायाधिस र प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा विजयी कर्मचारीलाई पुरस्कार वितरण समेत गरिएको छ । विजयी हुने क्रर्मचारीहरू क्रमशः प्रथमलाई ५ हजार नगतसहित प्रमाणपत्र, द्वितियलाई ३ हजार नगदसहित प्रमाणपत्र तथा तृतियलाई २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

दिवसकै अवसरमा आधिकारीक ट्रेड युनियनको समन्वयमा सम्पन्न भएको ब्याडमिन्टन खेलका विजयी कर्मचारीहरु तथा  निर्णायकहरुलाई पनि पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतियाेगितामा प्रथम रामपुर नगरपालिकाको कार्यालय, द्वितिय जिल्ला कारागार कार्यालय, र तृतिय सुन्तलाजात फलफूल विकास केन्द्र र सडक पूर्वाधार विकास कार्यालयको टोली रहेका छन् । उनीहरुलाई सिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।

सहभागि कर्मचारीलाई पुरस्कार र मायाको चिनो प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विजयी कर्मचारीहरूलाई बधाई दिनुका साथै आयोजकलाई धन्यवाद दिएका थिए । यस्तै जिल्ला न्यायाधिस कमलराज विष्टले आगामी दिनमा पनि यस्ता क्रियाकलापहरुलाई निरन्तरता दिनुपर्नेमा जाेड थिए ।

निजामती सेवा दिवसको अवसरमा बुधबार बिहान प्रभात फेरिसहित दिवस मनाउने कार्यक्रम रहेको कर्मचारी मिलन केन्द्रका अध्यक्ष दीपक ज्ञवालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया