
काठमाडौं। शुक्रबार सुन र चाँदी दुवैकाे मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय, तेजावी सुनको मूल्य ९३ हजार ४ सय र चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ तोकिएको छ।