
तानसेन। स्वास्थ्य बीमाबाट सेवा लिन सास्ती भएपछि पाल्पाका नागरिकले स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौं र प्रदेशस्थित बीमा बोर्डलाई ध्यानाकर्षण पत्र पठाएएका छन् ।
जिल्लास्थित बीमाका दर्ता सहयोगीहरुले तर्दथ समिति नै गठन गरेर बोर्डलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । स्वास्थ्य बीमा कार्यालय तानसेन पाल्पामार्फत जिल्लामा उत्पन्न बीमा सम्बन्धि सेवालाई सहज बनाउन ध्यानकर्षण पत्रमा उल्लेख गरेको छ । वि.स. २०७२ देशका तीन जिल्लामा सुरु हुँदा पाल्पामा पनि कार्यान्वयमा आएको स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय सेवा लिन जटिल बनेको हुँदा यसबाट नागरिकले सहज सेवा पाउनुपर्ने समितिले जनाएको छ ।
सरकारले यही साउन महिनादेखि सरकारी र सामुदयिक स्वास्थ्य संस्थाबाट मात्रै सेवा उपलब्ध गराउने निर्णय गरेपछि बीमामार्फत उपचार गराउन नागरिकलाई सास्ती भएको र जसका कारण दर्ता सहयोगिलाई काम गर्न निकै अप्ठ्यारो परेको हुँदा यसमा सहजीकरणका लागि उनीहरुले माग गरेका छन् ।
पाल्पामा सरकारी अस्पतालमा उपचार नहुने र जिल्लामा सेवा दिइरहेको युनाइटेड मिसन अस्पतालले हाल स्वास्थ्य बीमाबाट ४० प्रतिशत मात्र उपचार खर्च बेहोर्ने गरेको हुनाले यसबाट बिमितहरुमा उत्पन्न समस्या समाधानका लागि पहल गर्न पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ
। यस्तै दर्ता सहयोगीको प्रोत्साहन रकम समयमा पठाउनुपर्ने, बीमाको प्रथम केन्द्र उल्लेख गर्नुपर्ने जस्ता विषय पत्रमा उल्लेख गरिएको छ ।
हेर्नुहोस ध्यानाकर्षण पत्रः