पाल्पा । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)ले हरेक वर्ष प्रदान गर्ने ‘भैरव रिसाल मिडिया फेलोशिप’ यस वर्ष कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याललाई प्रदान गरेको छ ।

शनिबार काठमाडौमा आयोजित कार्यक्रमकाबीच उपसम्पादक अर्याललाई ‘भैरव रिसाल मिडिया फेलोशिप २०७९’ प्रदान गरिएको हो ।

वरिष्ठ वातावरण पत्रकार भैरव रिसाल, एन्फोका अध्यक्ष राजिव जोशी र समाज कल्याण मन्त्रालयका सदस्य सचिव मनोज भट्टले नगद २५ हजार र प्रमाणपत्रसहित उक्त फेलोशिप अर्याललाई प्रदान गरे ।

पुरस्कृत पत्रकार अर्याल दुई दशकअघिदेखि पाल्पाबाट वन, वातावरण, जनस्वास्थ्य लगायतको क्षेत्रमा कलम चलाउँदै आएका छन ।

तपाईको प्रतिक्रिया