
तानसेन। राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले आगामी निर्वाचनमा पार्टीबाट सहभागी हुने उम्मेदवारको नामावली सिफारिस गरेको छ । उक्त पार्टीको जिल्ला कमिटी बैठकले मंसिर ४ गते हुने संघ र प्रदेसभामा निर्वाचनका लागि उम्मेवदार दिनेको नाम सिफारिस गरेको हो ।
बैठकले प्रतिनिधि सभा क्षेत्र नं. १ मा ज्ञान बहादुर सिंजाली र दुईमा भोजेन्द्र बहादुर कुवंरको नाम केन्द्रमा सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुवंरले बताए । यस्तै प्रदेशसभा तर्फ पाल्पा क्षेत्र नं. १ (क) मा वृहस्पति अर्याल, (ख) मा तुल्सीप्रसाद श्रेष्ठको नामसिफारिस गरेको छ। यस्तै पाल्पा क्षेत्र नं. २ (क)मा राजु गैरे र (ख) मा चक्रपाणी पौडेलको नाम सिफारिस भएको छ।
यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ डुलबहादुर कुवंर, दिलमाया रामजाली र विर्जु खाती चयन भएका छन् । यस्तै प्रदेशसभा तर्फ समानुपातिकमा क्षेत्र नंं १ (क) मा गायत्री न्यौपाने, राजेन्द्र ढकाल, (ख) मा डुलबहादुर गाहा, यमबहादुर विश्वकर्माको नाम सिफारिस भएको अध्यक्ष कुवंरले बताए ।
यस्तै प्रदेश सभा २ (क) मा कपिल ढुंगाना, शान्ति परियार, महमद इमरान खान, मानबहादुर नेपाली र भानुकुमार बज्राचार्य, देवी प्रसाद न्यौपाने, माधव पराजुली छनौट भएका छन् ।
प्रदेशसभातर्फ २ (ख) बाट मिनबहादुर कुवंरको नाम सिफारिस भएको राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले जनाएको छ।