पहिरोका कारण सिद्धार्थ राजमार्गको पौठेडाडाँ र सेरामा सडक अवरुद्ध, हिउँदे खोलामा पुनः भासियो

तानसेन। निरन्तरको वर्षासंगै पहिरो खसेपछि सिद्धार्थ राजमार्गको राम्दी बुटवल सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान साढे ११ बजेको समयका तिनाउ गाउँपालिकास्थित पौठेडाडाँमा ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस्तै  सोही राजमार्गको रम्भा गाउँपालिका वडा नं. ३ स्थित सेरामा पनि लेदोसतिको पहिराले राजमार्ग पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले दिएको जानकारी अनुसार ढंगासहितको पहिरोले पाैठेडाडाँमा राजमार्ग अवरुद्ध भएको हो । सडक डिभिजन पाल्पाको स्काभेटर मगाएर जतिसक्दो छिटो सवारी आवागमन गराउने पहल भएको पनि मल्लाले बताए ।

यस्तै सोही राजमार्गको तिनाउ ५ स्थित हिउँदे खोलामा पनि पुनः सडक भासिएको छ ।यसअघि पूर्ण रुपमा सडक भासिएर बनाइएको नयाँ डाइभर्सनन पनि केही भासिएको र निरन्तर पानी परेमा माथिबाट समेत पहिरो खस्ने जोखिम रहेको प्रमुख मल्लले बताए ।

कमजोर भू-भाग रहेको र चुरे क्षेत्रमा धेरै पानी परेका कारण यो सडक भासिने र पहिरो जाने समस्या देखिएको छ । बुधबार बेलुकादेखि निरन्तर पानी परेका कारण अन्य स्थानमा पनि पहिरो खस्ने जोखिम रहेको हुँदा सावधानी अपनाएर अत्यावश्यक काममा मत्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

हाल सडक अरुवद्ध हुँदा सुनौलीदेखि पोखरासम्मको यात्रामा निस्केका यात्रुहरु अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया