पूर्व अध्यक्ष भट्टराईको नेतृत्व राष्ट्रिय त्रैमासिक लोकार्पण

तानसेन। पाल्पाली पत्रकार तथा नेपाल पत्रकार महासंघका पाल्पा शाखाका पूर्व अध्यक्ष गोविन्द भट्टराईले नेतृत्व राष्ट्रिय त्रैमासिक प्रकासन सुरु गरेका छन् । साढे दुई दशकअघि साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको पत्रिकालाई पुनः त्रैमासिक रुपमा प्रकाशन सुरु गरेको नेतृत्व मिडिया प्रा.लि.का अध्यक्ष समेत रहेका गोविन्द भट्टराईले बताए ।

यसैबीच एक कार्यक्रमको आयोजना गरी त्रैमासिक पत्रिकाको पहिलो अंक सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंत्र पाल्पा शाखामा भएको सार्वजनिकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका प्रमुख टंकप्रसाद भट्टराई, तानसेन बहुमुखी क्याम्पसका प्रमुख पुष्करराज रेग्मी र पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष रेखीराम रानाले पहिलो अंक लोकापर्ण गरेका हुन् ।

सोही बखत पत्रिकाका सम्पादक, प्रकाशक भट्टराईले नयाँ समय र परिस्थितिमा परिस्कृत भएर पत्रिकाको त्रैमासिक रुपमा प्रकाशन सुरु गरेको बताए । पछिल्लो समय पत्रिकाको बजार खस्केको र पाठकहरु घटेको भएपनि दस्ताबेजका लागि सबैभन्दा महत्पूर्ण सञ्चार माध्ययम पत्रिका नै रहेको हुँदा पुनः प्रकाशन सुरु गरेको बताउनै भट्टराईले सबैको सहयोगमा यस्लाई निरन्तरता दिने पनि बताए ।

कार्यक्रममा सहभागि पत्रकार, साहित्यकार, लेखक तथा समाजसेवीहरुले पत्रिका सफलताको शुभकामना दिएका थिए ।

यसैबीच पत्रिकाको पहिलो अंकको समिक्षा गर्दै त्रिभुवन क्याम्पसका उपप्राध्यापक टंकप्रसाद पन्थले पत्रिकाले साँच्चिकै नेतृत्व लिने प्रयास गरेको बताए । सहभागिहरुले जिल्लाको शिक्षा, स्वास्थ्य, पर्यटन विकास र पत्रकारिताको षिायमा चर्चा गर्दै नेतृत्वले सुरु गरेको पत्रकारिताले जिल्लाको सबै क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास समेत व्यक्त गरेका थिए ।

सोही बखत पहिलो अंकका लेखकहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया