
तानसेन। निरन्तरको वर्षासैगै पूर्वी पाल्पाको रामपुरमा सडक भासिएको छ । रामपुर नगरपालिका वडा नं. ५ बेझाँडस्थित कालीगण्डकी करीडोर जोडिने सडक भासिएको हो ।
करीडोरमा मिसिने छोटो बाटो बेझाँड, मटेरी काञ्जीहाउस सडक भासिएका स्थानीयले बताएका छन् । बुधबार बेलुकादेखि परेका कारण व्याविन लगाएर बनाइएको सडक भासिएको स्थानीय एवं पत्रकार इमान सिं रानाले जानकारी दिए ।
करिब ३५ मिटर सडक भासिएको हुँदा अहिले सो सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
प्राविधिक मुल्याकन बिना निर्माण गरिएका सडक र सडकको संक्षणका लागि बनाइएका ग्याविन पनि कमजोर हुँदा सडक भासिने र पहिरोको समस्या देखिने गरेको स्थानीयले बताएका छन् ।