काठमाडौं। भदौ महिनामा सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार १ भदौदेखि ३१ भदौसम्म पहेंलो धातु सुनको मूल्य तोलामा ४ हजार ७ सय रुपैयाँले घटेको हो ।

भदौ एक गते छापावाल सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ थियो तर महिनाको अन्तिम दिन ३१ भदौ शुक्रंबार छापावाल सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

महिनाभर सुनको मूल्यमा उतार चढाव रहेपनि महिनाको उच्चतम् मूल्य ९६ हजार २ सय र न्युनतम् मूल्य ९१ हजार ५ सय रुपैयाँ नै भएको महासंघले जनाएको छ।

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अमेरिकन फेडरल बैंकले बैंकको ब्याजदर बढाउँदा सुनको मूल्यमा असर परेको हो ।

तपाईको प्रतिक्रिया