पाल्पामा डेंगुबाट एक जनाकाे मृत्यु, भाद्रमा १२१ नयाँ संक्रमित थपिए

तानसेन। पाल्पामा एक जना डेंगु संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचाररत रिब्दीकोट गाउँपालिका वडा नं. १ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनीको स्वास्थ्यमा समस्या देखिएपछि गत भाद्र २७ गतेदेखि उपचाररत थिए। उनको शनिबार उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। यसैबीच हाल जिल्लामा डेंगु रोकका बिरामी बढेका छन् ।

जिल्ला सदरमुकाम तानसनेसहित ग्रामीण भेगका निजी स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकीहरुमा पनि संक्रमित थपिने क्रम बढेको हो ।

पछिल्लो तथ्यांक अनुसार दुई महिनाको अवधिमा जम्मा जम्मा १४४ जनामा डेंगुको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए ।

जसमध्ये २३ जना साउन महिनामा र १२१ जना भाद्र महिनामा संक्रमित भएका हुन् । गत आर्थिक वर्षमा जम्मा २७ जनामा रहेको संक्रमण पछिल्लो समय उच्च गतिमा बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको