
तानसेन। पाल्पामा एक जना डेंगु संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचाररत रिब्दीकोट गाउँपालिका वडा नं. १ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनीको स्वास्थ्यमा समस्या देखिएपछि गत भाद्र २७ गतेदेखि उपचाररत थिए। उनको शनिबार उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। यसैबीच हाल जिल्लामा डेंगु रोकका बिरामी बढेका छन् ।
जिल्ला सदरमुकाम तानसनेसहित ग्रामीण भेगका निजी स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकीहरुमा पनि संक्रमित थपिने क्रम बढेको हो ।
पछिल्लो तथ्यांक अनुसार दुई महिनाको अवधिमा जम्मा जम्मा १४४ जनामा डेंगुको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए ।
जसमध्ये २३ जना साउन महिनामा र १२१ जना भाद्र महिनामा संक्रमित भएका हुन् । गत आर्थिक वर्षमा जम्मा २७ जनामा रहेको संक्रमण पछिल्लो समय उच्च गतिमा बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।