रिब्दीकोटका अशक्त व्यक्तिलाई घरमै अपाङ्गता परिचय पत्र

तानसेन।पाल्पाको रिब्दीकोट गाउँपालिकाले अशक्त व्यक्तिहरुको घरघरमै पुगेर अपाङ्गता परिचय पत्र वितरण गरेको छ। गाउँपालिकाका निर्वाचित अध्यक्ष, उपाध्यक्षसहितको टोलीले घरदैलोमा स्थानीय सरकार रहेको आभास गराउन घरमै पुगेर परिचयपत्र वितरण गरेको हो ।

पालिका स्तरिय अपाङ्ग समितिले पूर्णता पाएसंगै जनताप्रति सम्वेदशिल भई फरक क्षमता भएका र अति अशक्त व्यक्तिहरुलाई घरदैलोमा पुगेर परिचयपत्र वितरण गरिएको पालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । पहिलो चरणको दुई दिने परिचउपत्र वितरण कार्यक्रममा १४ जना फरक क्षमता भएका नागरिकहरुलाई कार्ड वितरण गरिएको र आगामी दिनमा पनि यस्लाई निरन्तरता दिईने पालिका अध्यक्ष कार्कीले बताए ।

घरदैलो अभियानमार्फत नागरिकलाई सहजताका लागि हरेक महिनाको १५ गते भित्र वडा कार्यालयमा अपाङ्ग कार्ड वितरण संकलन गरी अन्तिम सोमबार वितरण गर्ने तयारी भएको पािलका उपाध्यक्ष कान्ता अधिकारीले बताइन् ।

जनताबाट प्रतिनिधि चुनिएपछि जनतासंगको बाचा पूरा गर्दै जनताको घर दैलोमै सेवा दिन गरिएको हुँदा स्थानीय सरकारको उद्देश्य पुरा हुने लक्ष्य गाउँपालिकाले लिएको छ ।

घरदैलो अभियान सुरु भएपनि आफूहरुलाई पालिकासम्म जान नपरेको सेवाग्राहीले बताएका छन् । विभिन्न रुपले अशक्त भएकालाई घरमै सेवा उपलब्ध हुँदा निकै राहत महशुस भएको उनीहरुको भनाई छ।

 

परिचय पत्र वितरणका केही तस्वीरहरूः

तस्वीरः सुनिल बस्यालकाे सहयाेगमा।

तपाईको प्रतिक्रिया