रिब्दीकोटमा डेंगु परीक्षण निःशुल्क

तानसेन।पाल्पाको रिब्दीकोट गाउँपालिकाले निःशुल्क डेंगुको परीक्षण गर्न सुरु गरेको छ। पछिल्लो समय पहाडी जिल्ला पाल्पामा समेत डेंगुका संक्रमित दैनिक रुपमा बढेपछि पालिका भित्रका नागरिकको निःशुल्क परीक्षणको व्यवस्था मिलाइको गाउँपालिकाले जनाएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रणका लागि स्थानीय सरकारले अभियान  नै संचालन गरेर निःशुल्क परीक्षण सुरु गरेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले बताए ।

समुदायस्तरमा लक्षणसहितका बिरामी संख्या बढेपछि निजी क्लिनिकबाट परीक्षण गर्दा महगो शुल्क तिर्नु पर्ने बाध्यता हटाउन पालिकाले निः शुल्क परीक्षण सुरु गरेको शाखा संयोजक अधिकारीले बताए ।

पालिकको स्वास्थ्य शाखाले डेंगु सम्बन्धी अभिमुखिकरण समेत गरेर खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क परीक्षण गर्दै आएको जनाएको छ ।

असोजको ४ गतेदेखि सुरु भएको निः शुल्क परीक्षणमा हालसम्म ३८ जनाले सेवा लिएका छन् । जसमध्ये हालसम्म ५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अहिले पनि दैनिक रुपमा ८।१० जनाको दरमा परीक्षणगर्ने बिरामी स्वास्थय केन्द्रमा पुग्ने गरेका छन् । जममध्ये केहीमा संक्रमण देखिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

यसैबीच स्वास्थ्य शाखाले अभिमुखिकरण कार्यक्रम गरी डेंगु रोगको बारेमा जानकारी दिनुका साथै यो रोगको जोखिम तथा यसबाट जोगिने उपायका बारेमा जानकारी समेत दिएको स्वास्थ्य शाखा संयोजक अधिकारीले बताए ।

सो अवसरमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायतले सामान्य तरिकाबाट सर्ने डेंगु रोगको विषेश उपचार नहुने हुँदा सावधानी नअपनाएमा ज्यानै समेत जाने हुँदा सचेत र सर्तकता अपनाउनुपर्ने बताए । स्थानीय सरकारले नागरिकको स्वास्थ्यलाई मध्येनजर राख्दै निः शुल्क परीक्षण सुरु गरेको हुँदा नागरिकले पनि घर र समुदाय स्तरबाट जोजिने उपाए अपनाएमा मात्रै यसको नियन्त्रण हुने उनीहरुको भनाई थियो ।

यसैबीच यो पालिकाको एकजना संक्रमितलको हालै तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु समेत भएको थियो  जसका कारण समुदायमा त्रास फैलिएको छ।

सामान्यतया सरसफाई र लामखुट्टेको टोकाइबाट जागिन सके भए पनि यसतर्फ जानकारी नै नभएका कारण स्थानीयमा त्रास फैलिएको हो । जसका लागि स्थानीय सरकारले टोल टोलमा पुगेर यसबारे सचेतना फैलाउने कार्य सुरु गर्नु पर्ने स्वास्थय कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer