छहरामा जिप दुर्घटना,४ जना घाइते

तानसेन।पाल्पामा जीप  दुर्घटना हुदा चार जना घाइते भएका छन। बिहान साढे ४ बजेतिर बुटवलबाट यात्रु लिएर जुठापौवा हुँदै अर्घाखाँची जादै गरेको लु१ख १४३१ नम्बरको जिप रैनादेवी छहरा गाउँपालिकास्थित भैरव मावि छहराको निमार्णधिन भवन माथी दुर्घटना भएको प्रहरीले जनाएको छ।
११ जना यात्रु रहेको उक्त जिपमा सवार झापा जिल्ला टोपकासी गाउँपालिका ५ बस्ने ४४ वर्षीय  कृष्णबहादुर राई,रैनादेवी छहरा ६ का २४ वर्षीय दिपक पुन, सोही स्थानका १९ वर्षीया हिरा पुन र ४१ वर्षीय छविलाल रास्कोटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए।
राति १२ बजे बुटवलबाट जुठापौवाको लागी हिडेको जिप के कारणले दुर्घटना भयो भन्ने बारे खुलेको छैन। घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer