पाल्पा क्षेत्र नं. १ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

तानसेन। पाल्पा क्षेत्र नंं १ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकाे छ । जिल्ला निर्वाचन कार्यालय पाल्पाले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि क्षेत्र नं. १ का लागि रामपुर नगरपालिकाको बेझाडमा कार्यालय स्थापना गरेको हो ।

निर्वाचन अायाेगकाे कार्यतालिका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा असोज १५ देखि २० भित्र कार्यालय स्थापना गर्ने आयोगको कार्यक्रम अनुसार आइतबार कार्यालय स्थापना गरिएको हो ।

रामपुर नगरापलिक वडा नं. ५ को वडा कार्यालय भवनको तल्लो तलामा कार्यालय स्थापना गर्दै पाल्पा क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले मर्यादित ढंगबाट निर्वाचन सफल बनाउने प्रतिबद्धता जनाए । राजनैतिक दल तथा सम्पूर्ण सरोकारवालाहरुले सहयोग गरेर निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन पनि उहाँले आग्रह गरे।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले आयोगले विकेन्द्रिकरणको योजना अनुसार निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरेकोमा धन्यवाद दिए ।

स्थानीय तह निर्वाचनका लागि पालिका मै कार्यालय स्थापना भए पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि जिल्ला मै कार्यालय स्थापना हुने  हुँदा आयोगले विकेन्द्रिकरणको नीति अवलम्बन गरेको सरोकारवालाहरुले बताएका थिए ।

सोही बखत जिल्ला निर्वाचन कनयर्नलय पाल्पाका प्रमुख रुक्मागत अर्यालले आचार संहिताको पूर्ण पालना गरि निर्वाचनमा अघि बढ्न सबैमा अनुरोध गरे ।

निर्वाचन आयागले  मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं. २ का निर्वाचन अधिकृतको कार्यालय तानसेन नगरपालिका ६ को भवनमा स्थापना गर्ने पनि पमुख अर्यालले जानकारी दिए ।   तानसेनमा भने असोज २० गते कार्यालय स्थापना गर्ने कार्यतालिका रहेको छ।

तपाईको प्रतिक्रिया