तानसेन। पाल्पाको निस्दी गाउँपालिका वडा नं–३, झिरुवास भलुवका दुई युवाको शव तीन दिनपछि फेला परेको छ । अष्टमीका दिन भलिबल खेल हेर्न हिँडेका झिरुवास भलुवाका २१ वर्षीय वीरेन्द्र सोमै र २३ वर्षका इन्द्रबहादुर खरूमगरको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार निस्दी गाउँपालिका–४, मित्याल मौलाथरमा असोज १७ गते भलिबल हेर्न हिँडेका सोमै र खरूमगर घर नफर्किएपछि खोजी गर्ने क्रममा बुधबार बिहान मित्यालकै झर्ल्याङ्दी खोलामा सोमैको शब फेला परेको थियो भने साँझ खरूमगरको शव निस्दी ५ गल्घास्थित ढंगानाबेसी खोलामा भेटिएको थियो।

मृतको पोष्टमार्टम गर्ने तथा घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया