
तानसेन । पाल्पामा खोलाले बगाएर बेपत्ता भएका युवक मृत फेला परेका छन । जिल्लाको निस्दी गाउँपालिका वाड न–१, अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर हिजो खोलाले बगाएर भएकोमा आज मृत फेला परेको प्रहरीले जनाएको छ। उनको निस्दी १ चारघरे नजिकै खोला किनारमा शव फेला परेको प्रहरीले जनाएको छ। निस्दी गाउँपालिका–२, सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराईमगर बेपत्ता भएका थिए । रामपुर नगरपालिका–१ र निस्दी गाउँपालिका–१, को सिमाना साखर्दी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएको प्रहरीले जनाएको थिए । बराईमगरसँगै गएका चन्द्रबहादुर आले र नेश्नल रानाले भने सहज रूपमा खोला तरेर ज्यान जोगाएका थिए ।