पाल्पामा गठबन्धनले टुंगायो उम्मेदवारहरु

तानसेन। पाल्पामा पाँच दलीय गठबन्धनले आगामी निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेद्वारको टुंगो लगाएको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा गठबन्धनमा आवद्ध पाँच दलमध्ये प्रतिनिधिसभा क्षेत्र नं. १ मा कांग्रेसका जिल्ला उपसभापति ज्ञानबहादुर गाहाले उम्मेद्वारी दिने भएका छन् ।

यस्तै क्षेत्र नं. २ मा समाजवादीका सोम प्रसाद पाण्डेयले उम्मेदवारी दिनेछन् । यस्तै क्षेत्र नंं. १ को प्रदेशसभा १(१) मा कांग्रेसका श्यामकान्त खनाल र १(२)मा कांग्रेसकै शंकर खनालले उम्मेद्वारी दिने कांग्रेस पाल्पाले जनाएको छ ।

उता प्रदेशसभातर्फ २(१)मा नेपाली कांग्रेसका वीरबहादुर रानाले उम्मेद्वारी दिने छन् भने प्रदेशसभा २(२) मा माओवादी केन्द्रका नेता तुलाराम घर्तीमगर (वसन्त)ले उम्मेद्वारी दिने सहमति भएको छ । गठबन्धन दलभित्र लामो रस्साकस्सीपछि उम्मेद्वारहरूको टुंगो लागेको छ ।

आज पाल्पास्थित मुख्य निर्वाचनको कार्यालय तानसनेमा क्षेत्र नं. २ का उम्मेदवार र रामपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा १ नं. क्षेत्रका उम्मेदवारले उम्मेदवारी दिने तयारी भएको गठबन्धनमा आवद्ध दलका नेताहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया