
तानसेन। आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पाल्पाबाट ४७ जनाले मनोनयन दर्ता गरेका छन् । दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवरहरु गरी ४७ जनाले मनोनय दर्ता गरेका हुन् ।
जिल्ला निर्वाच कार्यालय पाल्पाका अनुसार प्रतिनिधिसभाका लागि क्षेत्र नं. १ मा १० तथा २ मा १४ जनाले मनोनयन दर्ता गरेका छन्। यस्तै प्रदेशसभातर्फ क्षेत्र नं। १ (क) मा ५ जना, क्षेत्र नंं १ (ख) मा ५ जनाले मनोनय दर्ता गरेका छन् ।
यस्तै क्षेत्र नंं २ (क) मा ७ जना, २ (ख) मा ६ जनाले मनोनयन दर्ता गरेका जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले बताए । मनोनयन दर्ता गर्नेमा पाल्पा क्षेत्र नंं १ प्रतिनिधिसभाका लागि स्वतन्त्र उममेदवार विपिन कडेल, नारायण न्यौपाने, डोलराज तिमिल्सीना र राजु सुनारले मनोनयन दर्ता गरेका छन्। यस्तै सत्ता गबठन्धनको तर्फबाट नेपाली काँग्रेसका ज्ञानबहादुर गाहा, नेकपा एमालेबाट नारायण प्रसाद आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीका उजिर सिंह दर्लामी, जनता समाजवादी पार्टीका मेयरमान रानाले मनोनयन दर्ता गरेका छन्।
यस्तै सोही क्षेत्रमा प्रदेशसभातर्फ क्षेत्र नंं १ (क) मा मंगोल नेशनल अर्गनाईजेशनबाट पूर्णबहादुर रुचाल, नेकपा एमालेबाट राजु प्रसाद श्रेष्ठ, नेपाली काँग्रेसबाट श्याम कान्त खनाल, राप्रपाबाट डुलबहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट भिमसेन सुनारी मगरले मनोनयन दर्ता गरेका छन्।
यस्तै क्षेत्र नंं १ (ख) प्रदेशसभाका लागि मंगोल नेशनल अर्गनाईजेशनबाट लालबहादुर दर्लामी, राप्रपाबाट लक्ष्मण प्रसाद पंगेनी, नेकपा एमालेबाट खेमबहादुर सारु, नेपाली काँग्रेसबाट शंकर प्रसाद खनाल, राष्ट्रिय जन मुक्ति पार्टीबाट टेकबहादुर रानाले मनोनयन दर्ता गरेको रामपुरस्थित क्षेत्र नंं १ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिनिधिसभा क्षेत्र नं. २ मा स्वतन्त्रबाट उपेन्द्रराज गहिरे, केशरबहादुर आले र जीवलाल सुवेदीले मनोनयन दर्ता गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम प्रसाद गैरे, यस्तै नेकपा एमालेबाट ठाकुर प्रसाद गैरे र गठबन्धन दलका तर्फबाट नेकपा समाजवादीका सोमप्रसाद पाण्डेयले मनोनयन दर्ता गरेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोजेन्द्र बहादुर केसी, नेकपाका शिव सुन्दर धुख्वा, नेपाल आमा पार्टीबाट ताराबहादुर खत्री, राष्ट्रिय जनमुक्ति पार्टीबाट हुमबहादुर थापा, राप्रपा नेपालबाट खडानन्द गैरे, जन समाजवादी पार्टीबाट देवबहादुर हिस्की, नेपाली कांग्रेस विपीबाट श्रीधर न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशनका मनबहादुर दर्लामी तथा जनता समाजवादी पार्टीबाट दुर्पदा सोमैले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ।
यसैगरी पाल्पा क्षेत्र नंं २ (क) प्रदेश सभा सदस्यमा जसपाबाट खिकबहादुर रेश्मी, नेशनल मंगोल अर्गनाइजेशनबाट लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट टेकबहादुर राना, राप्रपाबाट राजु गैरे, नेकपा एमालेबाट पर्सुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीबाट माधव अधिकारी, गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका बीरबहादुर रानाले मनोनयन दर्ता गरेका छन्।
यसैगरी पाल्पा क्षेत्र नंं २ (ख) मा प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती (बसन्त), नेकपा एमालेबाट ओमबहादुर घर्ती, राप्रपाबाट चक्रपाणी पौडेल, राष्ट्रिय जन मुक्तिपार्टीबाट इन्द्र अस्लामी, नेशनल मंगोल अर्गनाइजेशनबाट शिवबहादुर गाहा, जसपाबाट राजन खड्काले मनोनय दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।