पाल्पा। पाल्पामा एक युवती आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रिब्दीकोट गाउँपालिका –२ मसार बस्ने २२ वर्षीया रेश्मी बि.क. सोमबार बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।