
तानसेन। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मनोनयन दर्ता गराएका पाल्पाका दुई जना उम्मेदवारी फिर्ता लिएका छन् ।
मुख्य निर्वाचनको कार्यालय तानसेनले दिएको जानकारी अनुसार प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका १।१ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
संघ र प्रदेशमा गरी जम्मा ६ पदका लागि ४७ जनाले उम्मेदवारी दिएकामा प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) क्षेत्र नं. २ बाट मनोनय दर्ता गरेका भोजेन्द्रबहादुर केसी तथा प्रदेशसभामा पाल्पा क्षेत्र नं. २ (२) बाट मनोनयन दर्ता गरेका जन समाजवादी पार्टी (जसपा) का नेता राजन खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि पाल्पामा ४५ जनाको मात्रै उम्मेदवारी कायम भएको जिल्ला निर्वाचन अधिकारी रुम्मांगत अर्यालले बताए । जसमध्ये ७ जना स्वन्त्र उम्मेदवार रहेका छन् भने अन्य एकल दल तथा गठबन्धन दलबाट उम्मेदवार बनेका छन् ।