
पाल्पामा एकै दिन डुबेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन–२, नारायणस्थानस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तानसेन टुंडिखेलका १२ वर्षीय सुजल पराजुली र तानसेन ७ का पदम रानाकी १५ महिने छोरी प्रिज्मा रानाब्रहेको प्रहरीले जनाएको छ। आइतबार दिउँसो साढे २ बजेतिर पोखरीमा डुबेका पराजुलीलाई उपचारका लागि मिसन अस्पतालमा लगेपछि ३ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
यस्तै प्रिज्माको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको छ। आइतबार बेलुकी ५ बजे आफ्नै घरमा रहेको बाल्टिनको पानीमा डुबेर प्रिज्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुबै घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।यस्तै, प्रहरीले जिल्लाको रम्भा–१, अर्सेदीस्थित कालीगण्डकी नदी किनारका एक जना मानिसको शव फेला परेको छ। लिङ्ग पहिचान हुन नसकेको सडेगलेको अवस्थामा अन्दाजी १४।१५ वर्षका मानिसको शव फेला परेको प्रहरीले जनाएको छ।