
पाल्पा। बगनासकाली स्थानीय आधारभूत स्काउट ५०६ औ BTC र ३६८ औ PTC तालिम बगनासकाली ३ नायर नमतलेस मा सम्पन्न भएको छ।
बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका भित्र रहेका माध्यमिक तथा आधारभुत विद्यालयका ४२ जना शिक्षकहरूका लागि बगनासकाली -३,नायरनम्तलेस स्थित नारायण प्रा.वि.मा आश्विन २५ – ३० गतेसम्म संचालन गरिएको ५ रात,६ दिने आवासीय (५०६ औं BTC र ३७८ औं PTC ) आधारभूत स्काउट तालिममा सहभागी भई स्काउट मास्टरका रूपमा दिक्षित भएका छन् ।
तालिम समापन समारोहका प्रमुख अतिथि स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले उमेर समूहका बालबालिका र युवाहरुलाई व्यापक रूपमा स्काउटिङ्ग अभियानमा सहभागी गराई उनीहरूको सर्वाङ्गीण विकास गरी राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागि गराउने उदेश्यले बि.टि.सि /पि.टि.सि तालिममा बिशेष जोड दिएको बताए । लुम्बिनी प्रदेश मै बगनासकाली गाउँपालिकाले गरेको पहल अनुकरणीय रहेको प्रदेश संयोजक भट्टराईले बताए ।
समारोहमा बगनासकाली गाउँपालिकाका अध्यक्ष तथा स्थानीय स्काउटका संरक्षक सरस्वती चिदी मगरले अब हरेक विध्यालय स्काउट लाई विस्तारमा लागि पर्न आग्रह गरिन् । उनले नेपाल स्काउटलाई प्राथमिकतामा राखेरअघि बढ्ने समेत प्रतिवद्द्ता गरिन ।
पालिका उपाध्यक्ष तथा स्थानीय स्काउट प्रमुख हरि प्रसाद पाठकले स्काउटको मर्म अनुसारको काम हुने बताउदै हरेक बिधालयमा स्काउट गतिविधि मार्फत गुणस्तरीय शिक्षालाई सबल बनाउन पालिका सकारात्मक रहेको बताए ।
बगनासकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर घर्तीले स्काउटको मर्म अनुसार कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको बताउदै योजनाका साथ काम गर्ने आफू उत्साहित रहेको बताए ।
दिक्षान्त समारोहमा बगनासकाली ६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारी, स्काउट प्रदेश सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज जीवन आचार्य ,नेपाल पत्रकार महासंघ पाल्पाका सचीव यज्ञमुर्ति तिमिल्सिना, सहभागी अम्बिका भट्टराई ,पुरुष कोर्षका कोर्ष लिडर दामोदर बस्नेतलगायतले कार्यक्रम प्रभावकारी रुपमा सुरु भएको र यसको निरन्तरताका लागि सबै क्षेत्रको महत्त्वपूर्ण भुमिका हुने बताएका थिए ।
बगनासकाली स्थानीय स्काउट समितिका संयोजक दयाराज न्यौपानेले तालिमबाट प्रशिक्षक उत्पादन भएको बताउदै यो आर्थिक वर्षमा विध्यालयले स्काउट ट्रुप संचालन गर्ने योजना रहेको बताए । उनले स्थानीय स्काउट बगनासकालीको तदर्थ समिति,गाउँपालिका परिवार,विद्यालय परिवार तथा प्रशिक्षकहरू प्रति कृतज्ञताका साथ आभार प्रकट गरे ।
तालिममा स्काउटको इतिहास यसले गर्ने काम ,बिपदमा गरिने काम , पद यात्रा र त्यस्का फाइदा ,क्याम्प फायरको महत्त्व ,गाठो डोरि ,सामाजिक परोपकारका काममा ,प्राथमिक उपचारलगायतका जीवन उपयोगी सीप सिकाइएको थियो ।
५ रात ६ दिनसम्म चलेको तालिमको सहजीकरण पुरुष कोर्षका कोर्ष लिडर दामोदर बस्नेत महिला कोर्षका कोर्ष लिडर बिजेस्वरी अमात्य , काउन्सिलर दावा सेर्पा मुकुन्द कुचिकार ,सृष्टि भट्टराई , उमा गौतम ,नेत्र गैरेलगायतले सहजीकरण गरेका थिए ।
समापन समारोह स्थानीय स्काउट समितिका सदस्य ओम प्रकाश न्यौपानेको स्वागत मन्तव्य र बगनासकाली गाउँ पालिका शिक्षा साखा प्रमुख गुनाराम खनालको सञ्चालनमा दिक्षान्त समारोह चलेको थियो ।
समारोहमा नेपाल स्काउट लुम्बिनी प्रदेश सदस्य नारायण अर्याल, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु शिक्षक, पत्रकार र स्थानीयकाे सहभागीता रहेको थियो।