
तानसेन। पाल्पामा भुस्याहा कुकुरको विगविगी भएको छ ।जिल्लाको माथागढी गाउँपालिकास्थित विभिन्न क्षेत्रका २५ जना स्थानीयलाई एकै दिन भुस्याहा कुकुरले टोकेर घाइते बनाएको छ ।
बिहीबार मात्र भुस्याहा कुकुरको टोकाइबाट २५ जना घाइते भएको स्थानीयले बताएका छन् । माथागढीको वडा नं. १, चिदीपानी, २ रुप्से र ३ कसेनीका गरी २५जनालाई भुस्याहा कुकुरले टोकेर घाइते बनाएको माथागढी–१ चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थीले बताए । भुस्याहा कुकुरले कोहीलाई अनुहार, खुट्टा तथा हातका विभिन्न भागमा टोकेको अध्यक्ष पन्थीले बताए ।
पन्थीका अनुसार उक्त मात्रामा घाइतेहरू उपचारका लागि गएपनि अन्यमा पनि कुकुरले टाेकेकाे हुनसक्ने हुँदा भाेलि मात्र एकिन तथ्यांक अाउने छ ।
पालिकाकाे पहलमा टाेकाहा कुकुरकाे पनि पहिचान गरि बिरामीकाे उपचारका लागि पहल गर्ने वडाध्यक्ष पन्थीले बताए ।
पन्थीले सामाजिक सञ्जाल फेसबुकमा समेत कुकुरको टोाइबाट स्थानीय आजित भएको उल्लेख गरेका छन् ।
”जिल्ला हस्पिटल तानसेनमा रेबिज सुइ अभाव भएको कारण चिदीपानी रुप्से कसेनी क्षेत्रका बौलाहा कुकुरले टोकेका करिब २५ जनालाई मिसन हस्पिटल लगिएको छ। मिसन हस्पिटलमा बिरामीको भीड छ।सम्पूर्ण चिदीपानी,रुप्से र कसेनीबासीमा हार्दिक अनुरोध
चिदीपानी बाहाखोक, कुनाबारी, ढकालकुना,दोहोरा, सोले,खहरे, सराई आसपासमा बौलाहा कुकुरले टोकी करिब २५ जनालाई माथागढी १ चिदीपानी वडा अध्यक्षको हैसियतले म र कसेनीका वडा सदस्य मानबहादुर राना जी समेत लागि जिल्ला सरकारी हस्पिटल, मिसन हस्पिटल पठाइएको छ।यस क्षेत्रमा कुकुर आतंक रहेको हुँदा सम्पूर्ण जनसमुदाय सजक र सचेत रहन आग्रह गर्दै धेरै जनामा कुकुरले यस्तो समस्या ल्याउन सक्ने भएको कारण यो बिगबिगी रोक्नको लागि आवश्यक पहलकदमी भइ रहेको जानकारी गराउन चाहन्छु।”