
तानसेन। तानसेन नगरपालिकाले प्रकाशन गर्दै आएको हाम्रो तानसेनको नयाँ अंक विमोचन गरिएको छ । आइतबार तानसेन नगरपालिकाको सभा हलमा हाम्रो तानसेनको नयाँ अंकको तानसेन नगरका प्रमुख सन्तोषलाल श्रेष्ठ तथा नगर उपप्रमुख प्रतिक्षा सिंजालीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
नगरपालिकामा नयाँ नेतृत्व आएपछिको यो पहिलो बुलेटिन हो । विगतको सरकारले प्रकाशन शुरु गरेको यो बुलेटीनलाई अहिलेको सरकारले समेत निरन्तरता दिएको हो । विमाेचन समारोहमा बोल्दै नगरप्रमुख श्रेष्ठले लेखक,पत्रकार तथा बुद्धिजीबिको सल्लाह अनुसार नै आगामी अंकहरु परिमार्जन सहित प्रकाशन गरिने बताए । नगरप्रमुख श्रेष्ठले आफ्नो कार्यकालमा बरु कम काम गर्ने तर गरेका कामलाई पूर्णता दिएरै छड्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै नगर उपप्रमुख प्रतिक्षा सिंजालीले हाम्रो तानसेन बुलेटिनको बारेमा जानकारी दिइन् । उनले बुलेटिनमा भएका सबल पक्षमाथि चर्चा गर्दै केही सुझाब समेत दिइन ।
बुलेटिनका बिषयमा पत्रकार माधब अर्याल, नारायण न्यौपाने, झपेन्द्र गहिरे, रेखीराम राना बुद्धिजीबि निर्मल श्रेष्ठ पर्यटन ब्यबसायी धनिश्वर बस्यालले सुझाब सल्लाह दिएका थिए । याे बुलेटिनमा नगरभित्रका गतिविधि समेटेर निरन्तरता दिने बताइएकाे छ ।