पाल्पामा समानुपातिकतर्फको ४ लाख ५१ हजार मतपत्र आइपुग्यो

तानसेन। निर्वाचन आयोगले पठाएको समानुपातिकतर्फको मतपत्र आइतबार पाल्पामा आइपुगेको छ । जिल्लाका लागि आवश्यक समानुपातिकतर्फको मतपत्र  आइपुगेको हाे ।

पाल्पाको दुई प्रतिनिधिसभा र चार प्रदेशसभातर्फका लागि मतदाताको सङ्ख्या अनुसार छुट्टा छुट्टै समानुपातिकतर्फको मतपत्र जिल्लामा आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पा क्षेत्र नं. १ का लागि दुई लाख १५ हजार मतपत्र आइपुगेको छ । क्षेत्र नं. १ का लागि प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक तर्फको २१५ वटा बाकसमा दुई लाख १५ हजार मतपत्र आइपुगेको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले बताए ।

यस्तै क्षेत्र नं. २ का लागि दुई लाख ३६ हजार मतपत्र प्राप्त भएको छ । २३६ वटा बाकसमा मतपत्र सेनाको सवारीसाधनले ढुवानी गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको हो ।

पाल्पाको दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि ४५१ वटा बाकसमा चार लाख ५१ हजार मतपत्र आएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिए।

तपाईको प्रतिक्रिया