मतदातासंग पाण्डेयले भने-संविधानको रक्षा र समृद्ध देश बनाउन मतदान गर्नुहोस्

तानसेन। नेकपा एकीकृत समाजवादीका नेता तथा पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सोमप्रसाद पाण्डेयले संविधानको रक्षा र देशलाई समृद्ध बनाउन गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेका छन् । नेता पाण्डेयले ओलीको असंवधानिक कदमले गर्दा दुई तिहाइको कम्युनिष्ट पार्टी विभाजन भएको हुँदा अबको लक्ष्य भनेको देशलाई समृद्ध बनाउने रहेको बताए ।

आफ्नो निर्वाचन क्षेत्रका मतदातासंगको घरदैलोमा नेता पाण्डेयले विपक्षी दलबबाट पटक-पटक सासंद भएको विषय उठाए पनि आफू जनताले मत दिएकै कारण सासंद भएको बताए ।

उनले अहिलेसम्म पार्टीको सिफरिस बिना उम्मदेवारको टिकट नलिएको पनि मतदातालाई प्रष्ट पारेका छन् । बगनासकाली गाउँपालिकाको गुडुवाखोला र अन्य वडाका मतदाताले राखेको जिज्ञासामा नेता पाण्डेयले सबै क्षेत्रको विकास एकैचोटी गर्न नसकेको स्वीकर गर्दै जनस्तरबाट आएका समस्या समाधानमा सधैंव लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

“ओलीको नेतृत्वमा पार्टी र सरकार बनाउने जिम्मा दिदा दुई।दुई पटक संविधानमाथि नै प्रहार भो, उनी सच्चिने कुरै गरेरनन्। अन्नत् पार्टी विभाजनमा जानु पर्यो । संविधानको रक्षाका लागि बनेको गठबन्धन भएको हुँदा हजुरहरुले खुलेर मतदान गरि गठबन्धनका उम्मेदवार विजयी बनाउनु भनेको संविधानको रक्षा गुर्न हो।” उनले भने।

मतदाताको तर्फबाट गुडुवाखोलाका नेत्रलाल अधिकारीले अहिले गाउँमा जंगली जनावरको विगविगीका कारण जनसंख्या घटेको हुँदा गाउँमा बस्ने नागरिकको जीवस्तर सुधारका लागि नेतृत्व तहमा पुगेकाले विषेश पहल गर्नुपर्ने बताए । यस्तै युवाको तर्फबाट केदार अर्यालले सडक, संचारलगायतका पूर्वाधारमा नेतृत्व तहबाट विशेष पहल हुन नसकेको गुनासो गरेका थिए ।

मतदातको गुनासो सम्बोधन गर्दै नेता पाण्डेयले आफू नागरिकको सेवामै खट्ने हुँदा नागरिकका समस्या समाधानका निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

पूर्व मन्त्री समेत रहेका नेता पाण्डेयले देशमा धेरै परिवर्तन भएको र धेरै समयमा काग्रँेस र कम्युनिष्ट एकै स्थानमा रहेको त्यसको सपलता हासिल भएको स्मरण गराउदै अहिलेको गठबन्धन पनि देशको माग अनुसार बनेको हुँदा गठबन्धन दलका उम्मेदवाल्रलाई निर्वाचित गरेर देशलाई समृद्ध बनाउन आम मतदादालाई अपिल पनि गरेका छन् ।

अव देशमा संविधान निर्माण भई कार्यान्वयन भइसकेको हुँदा देशको विकास र समृद्धिका लागि काम नगरे जनताले अवको नेतृत्वलाई छुट नदिने हुँदा आफूहरु त्यो दिशार्फत उन्मुख भएर काम गर्ने प्रतिबद्धता पनि नेता पाण्डेयले गरेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख पदम गैरेले बताए ।

तपाईको प्रतिक्रिया