पाल्पामा बाटोदेखि खसेर एक पुरुषको मृत्यु

तानसेन।पाल्पामा गोरेटो बाटोबाट खसेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा निस्दी गाउँपालिका वडा नं.५ तमासगिरी बस्ने ६८ वर्षीय मानबहादुर सिंजाली रहेको प्रहरीले जनाएको छ ।

सिंजाली मंगलबार बेलुका घर नजिकैको गेजा भन्ने ठाउँदेखि घरतर्फ जादै गर्दा कामुखोला नजिकैको गोरेटो बाटोदेखि करिव ३।४ मिटर तल खस्न गई घाइते भएका थिए। अचेत अवस्थामा देखेपछि स्थानीय र उनको छोरा समेतले उपचारका लागि रामपुर अस्पतालमाा पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया