भाैतिक विकास मात्र हाेइन, जनताको जीवस्तर सुधार जरूरी छः माओवादी नेता घर्ती

तानसेन । नेकपा माओवादी केन्द्रका नेता तथा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट पाल्पा क्षेत्र नं. २(२) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार तुलाराम भर्ती (बसन्त) ले अबको विकास भनेको जनताको जीवस्तर सुधार गर्ने खालको हुनुपर्ने बताएका छन् ।

उनले चुनावी घरदैलोका क्रममा स्थानीय मतदातासंग बोल्दै वितेको पाँच वर्षमा भौतिक विकासका काम गरेको र अब जनताको आर्यस्तर वृद्धि गरी समृती हासिल गर्नेतर्फ आफू केन्द्रित हुने बताएका हुन् ।

उनले पश्चिम पाल्पाकाे रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका भित्रका मतादातसंगको भेटमा अहिलेको गठबन्धनले मात्रै नागरिकको मर्मअनुसार काम गर्ने हुँदा निष्पक्ष भएर मतदान गर्न पनि अनुरोध गरेका छन् ।

राष्ट्र नै संकटमा पर्ने अवस्था सृजना भएपछि बनेको बाम लोकतान्त्रिक गठबन्धनले स्थानीय तहमा सफल भएको छ जनाउँदै नेता त्रीर्तले अब प्रदेश र संघको लागि पनि गठबन्धनभित्रकै उम्मेदवार निर्वाचित भई सरकार बन्नेमा नागरिकलाई विश्वस्त पारेका छन् ।

निर्वाचत प्रतिनिधि जनताको बीचमा कम मात्रामा गाउँ फर्किने गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाउदै घर्तीले भने, “५ वर्ष जनताको सेवकको रुपमा काम गरे अब थप काम गर्नेछु ।”

विकास निर्माण सम्बन्धी काम मात्र नभएर हजुरहरुले चुनेको प्रतिनिधिको हैसिएतले म सधैं हजुरहरुकै साथमा हुनेछु । नागरिक तहबाट गएका गुनासो र माग सम्बोधन गर्दै घर्तीले भैतिक विकास गरेर मात्र नहुँदा मानिसको बौद्धिक र सामाजिक विकासका लागि अघि बढ्नु पर्ने पनि बताए ।

अब भैतिक विकाससंगै जनताको आयस्तर बढाउनेतर्फ काम गर्नु जरुरी हुँदा आवश्यकता अनुसार स्थानीय स्तरमा रहेका आवश्यकता पूर्ती गर्नेमा सधैं लागि पर्ने प्रतिबद्धता जनाएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया