तानसेन। एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरेले नेपाली जनतालाई सुखी बनाउन एमालेलाई मतदान गर्नुपर्ने बताएका छन् ।उनले एमालेले जनतालाई सुखी बनाएर समृद्ध नेपाल बनाउने लक्ष्य राखेको बताए।

जिल्लाको विभिन्न स्थानमा गरिएको घरदैलो कार्यक्रममा उम्मेदवार गैरेले ओलीको सपना पूरा गर्न एमालेको सरकार बन्नुपर्नेमा जोड दिए ।

गैरेले  पूर्वपश्चिम राजमार्ग, नदीमा पानीजहाज, रेल गुडाउन पनि एमालेलाई जिताउनुपर्ने बताए।

गैरेले हार्थोक छहरा सडकलाई पिच गरिने बताए । शंकर पोखरेल मुख्यमन्त्री हुँदा याे बाटोमा धेरै काम भएको गैरेले दावी गर्दै नेता गैरेले  आफू सांसदको लोगो लाउन र भत्ता खान मात्र सांसदको उम्मेदवार बन्न नखोजेको बताए । उनले  हिमाल, पहाड र तराईका जनताबीच एकता गराउन लाग्ने पनि बताए ।

एमालेबाट प्रदेशसभातर्फ २(१)का उम्मेदवार पर्शुराम भट्टराई र २(२)का उम्मेदवार ओमबहादुर घर्तीले समेत घरदैलो गरेका छन्र्नुर ।  घरदैलोमा विकासका काम गर्ने प्रतिबद्धता जनाउदै हिडेका  उम्मेदवारलाइ  मतदाताले स्थानीय स्तरका समस्या र अावश्यकता बारे जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया