एमालेले हारे देशले हार्छः एमाले नेता आचार्य

तानसेन। एमालेकाे तर्फबाट पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्यले पार्टीले अघि सारेका योजना तथा कार्यक्रम अघि बढाउन एमालेका उम्मेदवारहरूले जित्नु आवश्यक रहेकाे बताएका छन्।

आगामी मंसीर ४ गते हुने निर्वाचनमा आफू र आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गर्दै आचार्यले आफू गाउँ विकास समितिको अध्यक्ष र प्रदेश सभा सदस्य हुँदा जनताको सुखदुःखमा सँगै रहेर काम गरेकाे बताए ।

मतदाता भेटघाटमा आचार्यले एमालेले हारे देशले हार्ने भएकाले राष्ट्रियता बचाउन एमालेलाई जिताउन मतदातालाइ आग्रह गरे।

पाल्पाको रामपुरको तालपोखरा,झिरुबासको काउलेडाँडा,रिमिघालेक,अर्चलेको लेकडाँडा लगायतका स्थानकाे पर्यटन विकासमा आफूले ध्यान दिने उनले बताए ।

त्यसैगरी प्रदेशसभातर्फ १(१) मा एमालेकाे तर्फबाट उम्मेदवार बन्नुभएका राजु प्रसाद श्रेष्ठ र १(२) का उमेदवार खेम बहादुर सारुले समेत घरदैलाे गरिरहनुभएकाे छ । उनीहरूले युवाकाे पक्षमा राेजगारी सिर्जना गर्न आफूहरूले भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्, भने मतदाताले स्थानीय स्तरका समस्याहरू उम्मेदवारसामु पेश गरेका छन्।

तपाईको प्रतिक्रिया